संस्थापक अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
स्वर्गिय सहविर थापा
जीवनी

निवर्तमान अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री वासुदेव वली
योगदान : जीवनी

अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री किशोर कुमार लामा
योगदान : जीवनी
अध्यक्ष जीवनी

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०६८/०४/०१ गतेको निर्णयले कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक श्री किशोर कुमार लामालाई  सशस्त्र प्रहरी महानिरीक्षकको पदभार सुम्पेको हो । श्री राम बहादुर लामा तथा श्रीमती लक्ष्मी लामाका सुपुत्र सशस्त्र प्रहरी महानिरीक्षक किशोर कुमार लामाको जन्म वि.सं. २०१६/०२/०८ गते बाग्मति अञ्चल काठमाण्डौ जिल्ला वडा नं. ३३ मा भएको हो । वि.सं. २०३८ साल साउन १५ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदबाट सेवा प्रवेश गर्नु भई उहाँ वि.सं. २०४० साल मंसिर ३० गते खुल्ला प्रतियोगिताद्धारा प्रहरी निरीक्षक पदमा नियुक्त  हुनु भयो । श्री किशोर कुमार लामाले २०३१ सालमा नेपाल S.L.C वोर्डको परिक्षा उत्तिर्ण गर्नुभयो । उहाँले सन् १९७७ मा भारतको वनारस हिन्दु युनिभर्सिटीबाट मानविकी संकायतर्फ प्रविणता प्रमाणपत्र तह रेगुलर बिद्यार्थी रही उत्तिर्ण गर्नुभयो । तत्पश्चात उहाँले सन् १९८० मा अंग्रेजी साहित्य र राजनितिशास्त्रमा सोही विश्वविद्यालयबाट स्नातक समेत गर्नु भयो । वहाँको श्री मति, एक छोरा र एक छोरी छन् । उहाँ २०५८ साल बैशाख १३ गते सशस्त्र प्रहरी बलमा स्तानान्तरण हुनु भए लगतै तत्कालिन सरकारको मन्त्रीपरिषद्को निर्णयले २०५८ साल बैशाख १३ गते सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर हुनु भयो । मिति २०५९ साल पौष १८ गते सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा हुनु भई मिति २०६१ साल चैत्र ०३ गते सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा २०६४ साल पौष ०३ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएको थियो । नेपाल अधिराज्यका विभिन्न जिल्ला, अञ्चल तथा क्षेत्रीय स्तरमा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी ईकाइहरु झापा, सर्लाही, भैरहवा, भोजपुर, उपत्यका अपराध महाशाखा, क्षेत्रिय तालिम केन्द्र, समादेशक, प्रहरीको बिशेष ब्युरो, प्रहरीको कार्य र अपराध अनुसन्धान विभागको योजना र अन्वेषण अधिकृत, प्रहरी पध्रान कार्यालयको गणको ७ नं गुल्मको गुल्मपती, महाराजगंज २ नं गणको गणपती, उपत्यका वाहिनीको वाहिनीपतीको रुपमा रही देश र जनताको सेवा र सुरक्षामा उल्लेखनिय योगदान पुर्‍याई सक्नु भएका श्री किशोर कुमार लामाले भारत, चिन, जापान, बंगलादेश, इराक, पूर्वी टिमोर, जर्मन, बेलायत, अमेरीका, हल्याण्ड, फ्रान्स, सिंगापुर, ईजिप्ट, अष्ट्रेलिया, केन्या, लाईबेरीया, रसिया, थाईल्याण्ड, हङकङ, मलेशिया, कुवेत जापान, देशहरुको अनौपचारीक, औपचारीक प्रशिक्षण, ईन्टरपोल सेमिनार, गोष्ठीमा सहभागि भई भ्रमण गरिसक्नु भएको छ । उँहाले स्वदेश तथा विदेशमा गरि १ दर्जन भन्दा बढी  राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका तालिमहरु सिनिएर क्राईसिस म्यानेजमेन्टनेजमेन्ट,(यु.एस.ए) एडभान्स क्राईम ईन्भेस्टिगेशन म्यानेजमेन्ट,( डिटेक्टिभ ट्रेनिङ स्कुल, बेलायत, ) टेररिज्म, ईन्सरजेन्सि काउन्टर एक्सन, (जर्मनी र यु.एस.ए) कमाण्ड ट्यूक्टिकल, क्राउड एण्ड रायट कण्ट्रोल, तालीम केन्द्र, नेपाल, ईन्टेलिजेन्स अपरेसन, सर्भिलेन्स डिटेक्सन, (एफ.बि.आई, युएस.ए.), डेभलपमेन्ट एडमिनिस्ट्रेसन एण्ड म्यानेजमेन्ट कोर्ष, नेपाल स्टाफ कलेज, टेररिस्ट क्राईम सिन ईन्भेस्टिगेसन, (एफ.बि.आइ), कम्प्रीहेन्सिभ सेक्युरीटी रेसपोन्स टु टेररिज्म, (एपिसिएसएस, हवाई ), एडभान्स लागु औषध तालीमहरु ( फेडरल पुलिस, जर्मन) हासिल गर्नु भएको छ । सेमिनार र वर्कसपमा National Security Strategy Development, Democratic Transition & Security Reform in Nepal, Senior Executive Seminar on New Paradigm of Security, Red Cross Seminar on the Human Rights & Policing, Peace Support Operaton Planning -DFID.  संयुक्त राष्ट्रसंघ शान्ती सेनाको सेवामा ईराकमा कन्टिनजेन्ट कमाण्डर, युएनजिसीआईको हेडक्वार्टरमा अप्रेसन र ईन्भेष्टीगेसन अफिसरको जिम्मेवारी निर्वाह गर्नु भएको थियो । दोश्रो मिसन ईष्ट टिमोरमा संयुक्त राष्ट्र संघको संक्रमण काल प्रशासनिक सरकार हुँदा टिमोर पुलिस कलेजमा प्रशिक्षक र तालीम अन्वेषण र विकासको प्रमुख भई कार्य अनुभव गर्नु भएको छ । सरल स्वभावका किशोर कुमार लामा नेपाल राष्ट्र, नेपालीको हित, समुदायको सेवा र सुरक्षामा महत्वपुर्ण भूमिका निर्वाह गरेवापत तेस्रो सार्क स्मृती, प्र.से.प, दु.से.प, गोरखा दक्षिणबाहु चौथो, दै.प्र.पि पदक, गद्धि आ.रजतपदक, बिरेन्द्र ऐश्वर्य सेवा पदक, सुप्रबल गोरखा दक्षिणबाहु तेस्रा, सुप्रबल जनसेवा श्री तेस्रा लगायतका विभिन्न ११ वटा विभुषण तथा पदकहरुबाट विभुषित हुनु भएको छ । वहाँले लेख्नु भएको व्यबशायिक किताबहरु लागु औषध नियन्त्रण र प्रहरी, कर्तव्य ज्यान अनुसन्धान, प्रथम सि.आई.डी. म्यागजिन, प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको थियो । भाषाको ज्ञानमा वहाँ अंग्रेजी र जर्मन प्रष्ट बोल्न र लेख्न सक्नु हुन्छ । शारिरिक स्वस्थताको लागि युवाबस्थामा सितोरियो कराँते अभ्यास गर्नुहुन्थो र संस्थापक सदस्य पनि हुनुहुन्छ । वहाँ नियमित रुपमा योग अभ्यास गर्नु हुन्छ । संगितको रुचीमा वहाँ गिटार बजाउनु हुन्छ । मिति २०६८/०४/१५ गते सशस्त्र प्रहरी बलको प्रमुखबाट स–सम्मान अवकाश ग्रहण गर्नु भई नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष श्री बासुदेव वलीज्यूले मिति २०७३/०४/१६ गते दिएको राजीनामा पश्चात् मिति २०७३ साल श्रावण १६ गते देखि नेपाल पुर्व सशस्त्र प्रहरी संघको अध्यक्ष पदमा निर्वाचित भई पदभार ग्रहण गरि जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।