संस्थापक अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
स्वर्गिय सहविर थापा
जीवनी

निवर्तमान अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री वासुदेव वली
योगदान : जीवनी

अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री किशोर कुमार लामा
योगदान : जीवनी
निवर्तमान अध्यक्ष योगदान

मुलुकको शान्ति सुरक्षाको स्थिति अत्यन्त नाजुक अवस्थामा पुगेको र आन्तरिक शान्ति सुरक्षा कायम गर्ने सन्दर्भलाई मध्येनजर गरी सशस्त्र प्रहरी बल स्थापना भएता पनि स्थापना कालसँगै द्वन्धात्मक गतिविधिलाई नियन्त्रण गर्नु अपरिहार्य भएकाले नवगठित संगठन समेत परिचालित हुनु पर्ने बाध्यात्मक अवस्थाले गर्दा संगठनको संगठनात्मक सुदृढीकरण तथा भौतिक पूर्वाधार निर्माणले पूर्णता पाउन नसकिएको अवस्थामा २०६२/०६३ को दोश्रो जनआन्दोलन र त्यसपछिको मधेश आन्दोलनले उग्ररुप लिदा सोही प्रयोजनमा परिचालित हुनु परेकोले रोकिएको संगठनात्मक सुदृढीकरणको दिशामा तत्कालीन संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक बासुदेव वलीको कार्यकाल सफल रह्यो । जनआन्दोलन पश्चात् गठित र्सवदलीय संयन्त्रको सहमतिमा सीमा सुरक्षा विभाग स्थापना गरी सोही विभागको मातहतमा तरार्इका जिल्लाहरुमा सीमा सुरक्षा कार्यालय तथा बोर्डर आउट पोष्ट (BOP) का लागि नयाँ जनशक्ति थप हुनु संगठनको ठुलै सफलता मान्नु पर्छ ।सोहीक्रममा थपजनशक्ति अनुसार हातहतियारको कमीलाई पुरा गर्न ठूलै कुटनीतिक चातुर्यता प्रदर्शन भएकै हो । र्इतिहासमै पहिलो पटक नेपाली सेनाको परिचालन विनानै तत्कालीन संगठन प्रमुख वर्तमान नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष स.प्र.म.नि. (अ.प्रा.) बासुदेव वलीको नेतृत्वमा रहेको सशस्त्र प्रहरी बलको मुख्य भूमिकामा नेपाल प्रहरीको सहयोगमा नेपालको इतिहासकै पहिलो संविधान सभाको निर्वाचन सम्पन्न हुनुलाई संगठनकै सफल प्रयास मान्नु पर्छ ।