संस्थापक अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
स्वर्गिय सहविर थापा
जीवनी

निवर्तमान अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री वासुदेव वली
योगदान : जीवनी

अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री किशोर कुमार लामा
योगदान : जीवनी
निवर्तमान अध्यक्ष जीवनी

जिवनी

कार्य समितिका निवर्तमान अध्यक्षज्यूको संक्षिप्तमा जीवनी -परिचय

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०६३/०२/२३ गतेको निर्णयले कार्यवाहक सशस्त्र प्रहरी महानिरीक्षक श्री बासुदेव  वलीज्यूलाई  सशस्त्र प्रहरी महानिरीक्षकको पदभार सुम्पेको हो । श्री प्रेम प्रसाद वली तथा श्रीमती रामकुमारी वलीका जेष्ठ सुपुत्र सशस्त्र प्रहरी महानिरीक्षक बासुदेव वलीज्यूको जन्म वि.संं २०११/०३/१४ गते तेह्रथुम जिल्ला छातेढुंगा पोखरी गा.वि.स. वडा नं. ०६ मा भएको हो । वि.सं. २०३३ साल फाल्गुन ०६ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गर्नु भएका श्री बासुदेव वलीज्यूले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक गर्नुभएको छ । उँहा २०५७ साल चैत्र ०२ गते सशस्त्र प्रहरी बलमा स्तानान्तरण हुनु भई २०५७ साल चैत्र ०३ गते सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा २०५९ साल चैत्र १३ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएको थियो । नेपाल अधिराज्यका विभिन्न जिल्ला, अञ्चल तथा क्षेत्रीय  स्तरमा रहेका प्रहरी तथा सशस्त्र प्रहरर्ीर् इकाइहरुको प्रमुखको रुपमा रही देश र जनताको सेवा र सुरक्षामा उल्लेखनिय योगदान पुर्‍याई सक्नु भएका श्री बासुदेव वलीज्यूले संयुक्त राज्य अमेरीका, जापान, भारत, हङकङ, बैँकक, बोस्निया हर्जगोविना, स्विजरल्याण्ड, फ्रान्स, जर्मन, र्सर्विया, र बेलायत लगायतका देशहरुको अनौपचारीक तथा औपचारीक भ्रमण गरिसक्नु भएको छ । उँहाले नेपाल, भारत जापान र अमेरिकामा गरि विभिन्न ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका तालिमहरु हाँसिल गर्नु भएको थियो । अत्यन्त सरल स्वभावका श्री बासुदेव वलीज्यू नेपाल अधिराज्यको सेवा र सुरक्षामा महत्वपुर्ण भूमिका निर्वाह गरेवापत सुपदयुक्त विरेन्द्र प्रजातन्त्र भास्कर तेस्रा, विख्यात त्रिशक्ति पट्ट तेस्रा, सुप्रबल गोरखा दक्षिणबाहु तेस्रा लगायतका विभिन्न १५ वटा विभुषण तथा पदहरुबाट विभुषित हुुनु भएको थियो । नेपाल सरकारको मिति २०६६/०१/०२ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी बलको प्रमुखबाट स-सम्मान अवकाश ग्रहण गर्नु भई नेपाल पर्ूव सशस्त्र प्रहरी संघका संस्थापक अध्यक्ष श्री सहविर थापाज्यूको मिति २०६७/०२/०३ गते निधन पश्चात् मिति २०६७ साल जेष्ठ २९ गते देखि नेपाल पुर्व सशस्त्र प्रहरी संघको अध्यक्ष पदमा निर्वाचित भई सक्रिय नेतृत्व प्रदान गरिरहनु भएको छ ।