संस्थापक अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
स्वर्गिय सहविर थापा
जीवनी

निवर्तमान अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री वासुदेव वली
योगदान : जीवनी

अध्यक्ष
स.प्र.म.नि.(अ.प्रा.)
श्री किशोर कुमार लामा
योगदान : जीवनी
अध्यक्ष योगदान

 बर्तमान अध्यक्षको स.प्र.बल मा योगदान

           मुलुक द्धन्दकालको भय, त्रास, हिंसात्मक, जटिल र चुनौतिपुर्ण अवस्थाबाट गुज्रिरहेको थियो । गोली, बम, बारुदले मानविय मान्यताको करुणालाई लत्याई दिएको थियो । नेपाली र नेपाली बिचमा नै भिडन्त जारी थियो । तसर्थ बिद्यमान आन्तरीक द्धन्दात्मक परिस्थीती एवं आधुनिकीकरण र विश्वब्यापीकरणबाट श्रृजित सामाजिक, राजनितिक, आर्थिक र अपराधिक विबिध प्रवृत्तीका असहज र चुनौतीपूर्ण स्थितीसंग सामना गरी जनसमुदायको रक्षा र शान्ति सुव्यवस्था कायम गर्न विश्वका बिभिन्न मुलुकहरुमा स्थापना भएका बिशिष्ट वर्गको फौज सरहको नयाँ फौजको आवश्यकता राज्यले महशुस गरी परिणामत् सशस्त्र प्रकृती मानसिक र शाररिक रुपमा बिशेष क्षमता, उच्चशहनसिल, उच्च मनोवल, बल प्रयोगमा समानुपातिक बलप्रयोग गरी मानव अधिकारको अन्तराष्ट्रिय मापदण्डलाई पालना गर्ने जनशक्तीको सुरक्षा संगठनको रुपमा सशस्त्र प्रहरी बल स्थापना भएको हो । यस प्रकारको बिषेश सशस्त्र फौज विश्वका प्राय सबै मुलुकहरुमा विषेश परिस्थिती आन्तरीक व्दन्द, सशस्त्र बिद्रोह, संगठित अपराध, आतंकबाद समुहका गतिविधीहरु नियन्त्रण गर्न गठन भएका हुन । भारतमा सिमा सशस्त्र बल, चाईनामा सशस्त्र बल, फ्रान्समा जेन्डामरी, यू एस मा स्वाट जस्ता बिशेष समुहरु परिचालीत छन् । राष्ट्रिय र अन्तराष्ट्रिय सुरक्षाका गतिबिधीहरुको खवर संकलन, बिश्लेषण र सम्बन्धीत निकायमा आवश्यकता अनुसार खवर आदान प्रदान गर्ने गहन जिम्मेवारीको महत्वलाई दृष्टीगत गरी उक्त क्षेत्र लगायत बिविध पक्षमा योगदान गर्ने ईच्छाले पंतिकारले सशस्त्र प्रहरी बलको उक्त क्षेत्रको जिम्मेवारी बहन गर्नु भयो । नेपाल प्रहरीमा पनि हाल उपत्यका अपराध महाशाखा तत्कालिन (केरकार शाखा) को प्रमुख, र नेपाल प्रहरीको बिशेष ब्यूरोको संस्थापक सदस्यको नाताले सशस्त्र प्रहरी बलमा सुरक्षा महाशाखा स्थापना गरी द्धन्दको बिविध पक्षमा राजनितीक, सामाजिक, आर्थिक, अपराधिक, आतंकवाद, आन्तरीक व्दन्द, र अन्तरदेशिय अपराध, शान्ती र सुरक्षाको गतिबिधीहरुको बिश्लेषण गरी प्रतिवेदन तयारी गर्ने कार्यहरु र बिभिन्न सुरक्षा निकायहरु संग समन्वय, सम्बन्ध, केन्द्रिय स्तर बाट मातहत निकायहरुलाई आवश्यक पर्ने निर्देशन कार्यलाई प्रभावकारी रुपमा निर्वाह गर्नु भएको थियो । खतरा मुल्यांकन व्यबस्थापन, उच्च तह र बिशेष सुरक्षा विश्लेषण कार्य सम्पादन, रणनितीहरुको तयारी कार्यहरु समेत गर्नु हुन्थ्यो । विश्वको प्रत्येक मुलुकहरुमा हुने आन्तरीक द्धन्द विद्रोह कार्यहरुलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न को निमित्त थिङकर्स र सुटर्सको ( क्राईसिस रेस्पोन्स टिम ) संरचना हुने गर्दछ । सोही अनुसार यस ईकाईलाई पनि भविष्यमा सांगठनिक जिम्मेवारी थप सहित निर्देशनालयमा विकास गरिे थिङकर्सको रुपमा संगठनको लागी रणनितिहरु विकास गरेर क्राईसिस रेस्पोन्स र थे्रट म्यानेजमेन्ट टिममा बिकास गर्ने लक्ष्य थियो बिशिष्ट सुटर समुह क्राईसिस रेस्पोन्स टिम गठनको निमिक्त समकक्षी मुलुकसँग समन्वय र सहयोग कार्यलाई प्रभावकारी बनाई अत्याधुनिक बिशेष हात हतियारहरु, एम फोर कार्बाईन, ग्लक पेस्तोल, स्नाईपर राईपmलहरु सहयोग स्वरुप हासिल गरी स्वाट कोर्सको प्रशिक्षकहरुबाट क्राईसिस रेस्पोन्स टिम प्रथम तालिम समेत संचालन गराईएको थियो । २०३८/०३९ साल सम्म नेपाल प्रहरीको छुट्टै जिल्ला सिमा सुरक्षा कार्यालयहरु र मातहतमा सिमा चौकीहरु परिचालत थिए । तर ०४१/०४२ साल तिर नेपाल प्रहरीले जिल्ला सिमा सुरक्षा कार्यालयहरुलाई हटाएको थियो । यसरी करीब १५ बर्ष पश्चात् खुला सिमाको सुरक्षालाई ब्यवस्थित गर्न सिमा कार्यालयको दरबन्दी निकासा र स्थापना गर्न यस संघका नि.वर्तमान अध्यक्ष स.प्र.म.नि.बासुदेव वलीको पहल कार्यमा पंक्तिकार सक्रिय सहयोगी रही, साथै बन्द भईसकेका सुरक्षाका पुर्व कर्मचारीहरु व्दारा परिचालित राजस्व तथा भन्सार गस्तीमा सशस्त्रको कर्मचारी राखी राजस्व तथा भन्सार गस्ती कार्यलाई पुनःपरिचालित गरियो । सशस्त्र प्रहरी बलको सिमा सुरक्षा कार्यालयहरुको प्रथम टोलीलाई तत्कालिन अर्थमन्त्रीज्यूको संयोजकत्वमा, सचिवज्यूहरु रामेश्वर खनाल, कृष्णहरि बास्कोटा, भन्सार, राजस्वका निर्देशकज्युहरु टंकमणि शर्मा हाल सचिब, र सशस्त्र प्रहरीका सिमा सुरक्षा विभाग प्रमुख पंक्तिकार लामा सहितको संयुक्त टोलीले तराईका १८ वटा सिमा सुरक्षा कार्यालयहरुलाई ब्यवस्थित रुपमा संचालन गर्न भन्सार, राजस्व, प्रहरी, सशस्त्र प्रहरी, उद्योगी, ब्यापारीहरु र अन्य सरोकार वालाहरुलाई सहभागी गराई संयुक्त अनुशिक्षण कार्यक्रम सम्बन्धित जिल्लहरुमा संचालन गरीएको थियो । सोही आ.व.मा प्रथम पटक अर्थ मन्त्रालयको लक्षित राजस्व लक्ष भन्दा दोब्वर संकलन भएकोले अर्थ मन्त्रालय र सशस्त्र प्रहरी बलको प्रशंसा भएको थियो । कार्यको प्रशंसा र मुल्यांकन गरि नेपाल सरकार अर्थमन्त्रालयले केन्द्रिय राजस्व समुह गठन गरि पुलचोक स्थित राजस्व अनुसन्धान विभागमा तैनाथ गरीयो । यसै गरि अन्तरदेशिय संगठित र एकल (लोन उल्फ) अपराधीहरुको गतिविधी निग्रानी र अनुगमन गर्न त्रिभुवन विमानस्थलमा प्रथमत् नेपाल प्रहरीको अत्याधुनिक प्रबिधी सहितको निग्रानी समुह र तत् पश्चात् सशस्त्र प्रहरीको समुह पनि पंक्तिकारको बिशेष पहलमा परिचालित गरीयो । सशस्त्र प्रहरीको केन्द्रिय कमाण्ड कक्ष (सि.सि.आर.सेन्ट्र्ल कमाण्ड रुम) को नामाकरण, स्थापना र साथै परिचालन विश्लेषण कक्ष तयारीमा स.प्र.अ.म.नि. रवि राज थापा (अ.प्रा.) संग संयुक्त रुपमा कार्य सम्पन्न गरिएको थियो र नेट ब्रिफिङ्ग पनि प्रारम्भ गरिएको थियो । द्धन्दात्मक अवस्था भएकोले परिचालन विभागमा खतरा मुल्यांकन समितिको व्यवस्था गरेर कार्य संचालन गरी घटनाक्रमहरुको केश स्टडी, विश्लेषण, रणनितीहरुको विकास गरीएको थियो । बिशिष्ट ब्यक्तीहरुको सुरक्षालाई प्रभावकारी बनाउनको लागि थ्रेट एसेसमेन्ट म्याट्र्क्सिको सिद्धान्त लागु गरि थ्रेटहरु पहिचान गरि सुरक्षा प्रोफाईल तयारी गरिएको थियो । नेपालको ऐतिहासिक प्रथम र द्धितिय सविधानसभा निर्वाचनमा संलग्न विशिष्ट व्यक्तिहरु, उम्मेदबारहरु, निर्वाचन कार्यालय र पदाधकारीहरुलाई सुरक्षा चेतनाको लागी सुरक्षा चेतना हाते पुस्तक प्रकाशन गरेर वितरण गरिएको थियो । दोश्रो संस्करण स.प्र.अ.म.नि. शैलेन्द्र खनालको संयोजकत्वमा प्रकाशन भएको थियो । यसैगरी ०६२÷०६३ को जन आन्दोलनमा विद्रोहको द्धन्दको लागी हतियारमा प्रशिक्षित भएका सशस्त्रका कर्मचारीहरुलाई अप्रत्याशित रुपमा जन व्यवस्थापन भिड दंगा नियन्त्रण परिचालनमा खटाउँदा देखिएको उनिहरुको कमि कमजोरीलाई सुधार गर्न र गराउनको लागी तत्कालीन स.प्र.म.नि. श्री बासुदेव वली (अ.प्रा.) लाई सुझाव पेश गरे अनुसार केन्द्र, क्षेत्र र गणहरुमा भीड, दंगा नियन्त्रण तालीम  अविलम्ब संचालन गराईएको र जेन्डामारी फ्रान्सले भिडलाई रोक्न प्रयोग गर्ने मेटल नेट ब्यारिकेड स्थानिय रुपमा निमार्ण गरि प्रयोग गरिएको थियो । प्रशिक्षण केन्द्रहरुमा संचालीत विभिन्न पेसागत तालिमहरुमा सि.सि.एस.सी , स्टाफ कलेज, सिनियर एडभान्स मेनेजमेन्ट कोर्षहरुमा आतंकबादी र प्रति आतंकबादी विषयहरुमा पंक्तिकारले प्रशिक्षण प्रदान गर्ने कार्य समेत गर्नु हुन्छ । व्यवशायिक तालिमको क्षेत्रलाई गुणात्मक बनाउने लक्ष अनुसार संयुक्त राज्य अमेरीकाको हवाई राज्यमा संचालन हुने उच्च स्तरको प्रति आतंकबाद, क्राईसिस म्यानेजमेन्ट जस्ता महत्वपुर्ण तालिमहरु समन्वय गरेर बरीष्ठ अधिकृतहरुलाई सहभागी गराउने कार्यको शुरुवात वहाकै पहलबाट भएको हो । सशस्त्र प्रहरीको ऐनमा उल्लिखित संगठित, अन्तरदेशिय र सिमा अपराध, आतंकबादको जिम्मेवारीलाई प्रभावकारी रुपमा बहन गर्नको लागि ईन्टरपोलमा सहभागी हुन पहल गरेर हाल पर्यवेक्षकको रुपमा सशस्त्र प्रहरीको उच्च अधिकृत सहभागी हुने गरेको छ । राष्ट्रिय दैनिक पत्रिकाहरुमा व्यवसायिक, वातावरणिय लगायत साहित्यक लेखहरु समेत लेख्ने गर्नुहुन्छ । यसै गरी सशस्त्र प्र्रहरी बलको परिसरमा अवस्थित वीर पराक्रमी अमर प्रहरीहरुको सम्झनामा बनेको स्मृति पार्कमा वीर शहिदहरुको आत्माहरुलाई मानव शरिर निर्मित प्रकृतिको पन्च तत्वहरुमा धरती, जल, अग्नि, वायु र आकाश मध्य जल र अग्निको कमी महसुस भई जल आवश्यकतालाई पूर्ति गर्न पवित्र जल धारा निर्माण गराउनु भएको छ । अब अग्निको आवश्यकता र जलधारामा निरन्तर रुपमा जल प्रवाह हुने व्यवस्थाको आवश्यकता छ । वीर शहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्दै, आत्माको शान्तिको कामना गर्दछु ।